बैशाख २०, २०८१ बिहीबार

हल्दिबारी गाउँपालिकामा कोरोना पोजेटिभ भेटिएकाे छैन : जिल्ला स्वास्थ्य कार्यालय

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा र्‍यापिड डाइग्नाेस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएको भनेर सामाजिक सञ्जालमा हल्ला फैलिएपछि जनमानसमा त्रास बढेको छ ।

तर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चम्लागाईका अनुसार हालसम्म ५४ वटा नमुना परीक्षण भइसकेको र सबै रिपोर्ट नेगेटिभ आएको बताएका छन् । चम्लागाईँले बेलुका ८ बजेसम्म परीक्षण गरिने जनाए ।

यद्यपि हालसम्म हल्दिबारी गाउँपालिकाका कसैमा पनि काेराेना पाेजेटिभ नदेखिएको र यदि त्यस्तो भेटिएमा जिल्लाले नै आधिकारिक जानकारी दिने पनि बताए ।

त्यसैगरी, गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र वडाध्यक्ष त्रिलाेचन सापकाेटाले जिल्ला स्वास्थ्यकै सूचना आधिकारिक हाे भन्ने पनि जनाए ।

मानिसमा मनोवैज्ञानिक त्रास पैदा हुने हुँदा कुनैपनि आधिकारिक स्रोत विना यस किसिमका हल्ला नफैल्याउन पनि सबैमा आग्रह गरिन्छ ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]