बैशाख २३, २०८१ आईतबार

‘घर परिवारको यादले सताइरहेको छ’

अमित संग्रौला

म अहिले दुबईमा छु । वैदेशिक रोजगारीको सिलसिलामा म यहाँ आएको छु । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । अहिलेको समय जटिल बन्दै गएको छ दिनानुदिन । म पनि भिसा सकेर घर फर्किने योजनामा छु । तर फर्किन पाइरहेको छैन । अहिले विश्व नै लकडाउनको चपेटामा परेको छ ।

एयरपोर्ट बन्द छ । घर जानेहरु पनि बन्दी जस्तो भएर बसेका छन् । यहाँ बस्नेहरु नेपालीहरु । कतिको जागिर छुट्यो । कतिले काम पाएका छैनन् । कोठाबाट बाहिर निस्कन पनि डरमर्दो छ । मास्क ग्लोब्स लाएर हिड्नु पर्ने बाध्यता छ । कोरोनाले गर्दा घर जान पनि डराएका छन् । किनकि महामारी लिएर आएको छ कि शंका हुन्छ । यस्तो जोखिम परिस्थितिमा सचेत जागरुक भएर अगाडि बढ्ने अवस्था आएको छ । यो भाइरसले गर्दा लाखौंको मृत्यु भइसकेको छ । यस्तो परिस्थितिमा आफू सचेत बनेर घर परिवारलाई बचाउने प्रयास गर्नुपर्छ । भिडभाडमा न जाने , ग्लोब्स लगाउने , माक्स लागाउने र सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।अहिलेसम्म म पनि सुरक्षित छु । मान्छेहरु डराएको देखिन्छ । सबैको मुख मुख कोरोना भाइरस झुन्डिएको छ ।

मान्छेहरुको मनोबल घट्दै गएको छ । कुन बेला, कस्तो बेला कोरोनाले भेटाउछ भनेर । दिनानुदिन दुखित र पीडित भएको पाइन्छ । मान्छेहरू मानसिक तनावमा गइरहेको देखिन्छ । अहिलेको विश्व आतंकित भएको छ । लकडाउनले गर्दा खाद्यान्न सामान कमि भएको छ । दैनिक उपयोग हुने दाल चामल चिनी विभिन्न कुराको अभाव भइरकेको छ । दैनिक ज्याला मजदुर गर्नेहरु भोकभोकै हुनु परेका छ । यस कुरामा सरकार पनि सचेत हुनुपर्ने देखिन्छ । अहिले विश्व नै महामारीमा फसेको छ । तसर्थ आत्माबल बढाएर । सकारात्मक बनेर कोरोना विरुद्ध लड्ने हो । लकडाउनले सबै मानिसहरु आफ्नो–आफ्नो घर घरमा बस्नु परेको छ । धेरै खाली समय बढेको छ । सिर्जनात्मक , रचनात्मक बनेर समयको उपयोग गर्ने ।

छोराछोरीलाई विभिन्न कुराहरु सिकाउन सकिन्छ । खाना बनाउन । ओछ्यान मिलाउन परिवारसँग आत्मीयता, प्रेम आदानप्रदान गर्न सकिन्छ । महामारीका समयमा बाहिर खासै हिंडडुल न गर्ने । घरमै परिवारसँग रमाइलो गर्ने । बढी मात्र सिर्जनात्मकमा ध्यान दिन जरुरी छ । व्यबहारिक ज्ञान सिक्न आवश्यक छ । म अहिले दुबई मा बस्तै आएको छु विगत दुई वर्ष देखि । यो समयमा घर परिवारको धेरै याद आउदो रहेछ । अहिले दुबईमा पनि लकडाउन छ । अझै केहि हप्ता हुने यहाँको सरकार जनाएको छ । कोरोना भाइरस विरुद्ध सचेत बनेर जागरुक नागरिक बनेर । सुरक्षित बसौं, खुसी हौ । लकडाउनको उपयोग गरौ । कोरोना भाइरस विरुद्ध लडौ र घरमै बसौं सरकारलाई सहयोग गरौं ।

झापा, बिर्तामोड (हाल : दुवई)

प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार  ९ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]