बैशाख २१, २०८१ शुक्रबार

समाचारले होस् नै उडाएको थियो, बल्ल ढुक्क भो : हल्दिवारीबासी

बिर्तामोड । आम नागरिकलाई हल्दिवारीमा कोरोना संक्रमण भएको सन्देश दिने गरी बुधबार साँझबाट समाचार ब्रेक गरियो । तर, त्यसको २४ घण्टा पुग्न नपाउँदै सबै समाचार गलत सावित भइदिए । समाचारले धेरै अनलाईन मिडियाको टिआरपी बढायो होला । तर, हल्दिवारी – २ बसोबास नागरिकको होस उड्यो ।

हिजो हल्दिवारीमा होम क्वारेन्टाइन बस्नेहरुको र्यापिड परीक्षण गरिएको थियो । त्यहि क्रममा एक जनाको र्यापिड परीक्षणमा पोजिटिभ देखियो । तत्कालै स्थानीय एक सञ्चारकर्मीले साढे ४ बजे र्यापिड पोजिटिभ भएको कुरा सामाजिक सञ्जालमा लेखिदिए । र्यापिड पोजिटिभ हुनु नै कोरोना हुनु हो भन्ने बुझाई भएकाहरुले त्यसलाई झनै धेरै प्रचारमा लगिदिए । जसका कारण सो गाउँ स्तब्ध भयो । हल्दिवारी गाउँपालिका १ का वडाध्यक्ष त्रिलोचन भन्छन्, समाचारहरु यति भाइरल भयो कि गाउँमा रुवाबासी चल्यो । सबैले अब मरिने भो भने ।

र्यापिड परीक्षण भएको २४ घण्टा नपुग्दै आज त्यसको रिपोट नेगेटिभ आएको छ । अध्यक्ष सापकोटा भन्छन्, बल्ल गाउँमा ढुक्क भएको छ । उनी भन्छन्, कम्तिमा दुवै रिपोर्ट नआउञ्जेल समाचार नआएको भए यहाँका नागरिकमा त्रास त हुने थिएन । केहि अनलाइनहरुले कोरोना संक्रमण भएको भन्दै समाचार नै लेखे । अनलाईन मिडियाको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला यस्ता सामग्रीले झनै असर गर्ने अधिकांशको बुझाई छ ।

नागरिकलाई सत्य र तथ्य समाचार पस्कनुपर्ने समयमा पुष्टि नभई समाचार लेख्दा ठुलो भ्रम फैलिने गरेको छ । झापाको एक अनलाईनले लेख्यो ‘ हल्दिवारीमा ७ जनाको रिपोर्ट पोजिभ ’ यसले के बुझाउँछ ? यहि साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक अन्तरावार्तमा भनेका छन्, सोसियल मिडिया टिआरपीको लागि काम गर्छन् ।

प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार  २ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]