बैशाख २२, २०८१ शनिबार

झापाका मस्जिदमा १८ जना भारतीय ‘धर्मगुरु’

प्रहरीको निगरानीमा सबै मदरसा र मस्जिद

प्रदीप परियार

बिर्तामोड । झापाको दुई वटा मस्जिदमा भारतबाट आएका १८ जनालाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।

बिर्तामोडको मस्जिदमा ९ जना बसिरहेका छन् । १ जना नेपाली नै हुन् भने दमकको एक मस्जिदमा ११ जना बसिरहेका छन् । १० जना भारतीय हुन् ।

झापा प्रहरीका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार उनीहरु लकडाउनभन्दा निकै समय अघि आएका हुन् । उनीहरुलाई निगरानीमा राखिएको उनको भनाई छ । झापामा रहेका ७२ वटा मदरसा र मस्जिदका सञ्चालक अगुवासँगको समन्वयमा त्यहाँ हुने सबै धार्मिक कर्म बन्द गराइएको छ । उनीहरुकै समन्वयमा धार्मिक कर्म बन्द गरिएकोले धेरै जोखिम नभएको प्रहरीको भनाई छ । त्यसरी बसिरहेकाहरुलाई सेल्फ क्वारेन्टाइनका रुपमा मस्जिदभित्रै राखिएको छ । त्यहाँ पनि प्रहरीको निगरानी छ ।

जाने मस्जिद बिर्तामोडका सचिव एजाज अहमदले मस्जिदहरुमा अहिले ताला लगाइएको जानकारी दिए । उनले मुस्लिम समुदायमा जमात आउने पराम्परा झण्डै ९० वर्ष पुरानो रहेको बताए । जमात अर्थात मुस्लिम धर्मका अगुवाको समूह हो । उनीहरु विभिन्न ठाउँमा रहेका मस्लिम समुदायलाई मस्जिदमा आएर धार्मिक शिक्षा दिने गरेका छन् । एजाजका अनुसार जमातमा आउनेहरुले धर्मप्रतिको विश्वास, नमाज पढ्न सिकाउने, धार्मिक शिक्षा हासिल गर्न लगाउने, ध्यान, आचरण शिक्षा, दायित्व, कर्तव्य र आफुले सिकेको ज्ञान अरुलाई सिकाउन प्रेरित गर्ने गरेका छन् । जमातमा आउनेहरु लुकेर बसेका होइनन्, उनले भने – ‘जमातको समय ४ महिनाको हुन्छ । कोहि काममै बस्नु भएको थियो, कोहि समय सकिएर पनि लकडाउनले घर फर्किन पाउनु भएको थिएन ।’

हरेक मस्जिदमा नमाजभन्दा पहिले अजान हुने गरेको छ । अहिले दुवै कार्य मस्जिदमा रोएिको उनको भनाई छ । नमाज घरमै पढिरहेको उनको भनाई छ ।
बिर्तामोडमा बसेकाहरुको स्वास्थ्य परीक्षण भइसकेको छ भने दमकमा रहेकाहरुको पनि स्वास्थ्य परीक्षणको तयारी गरिएको छ ।

प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार  २ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]