जेष्ठ ४, २०८१ शुक्रबार

कोरोना जितेर घर फर्किइन् फ्रान्सबाट आएकी युवती

काठमाडौं । कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत एक युवती कोरोना जितेर घर फर्किएकी छिन् ।

उनी कोरोना पुष्टि भएपछि चैत १० गतेदेखि टेकुमा उपचाररत थिइन् । उनलाई शनिबार टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार  २ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]