बैशाख २२, २०८१ शनिबार

सुर्य एग्रो चामल मिलको विवाद साम्य

बिर्तामोड । मेचीनगरको धाइजनस्थित सुर्य एग्रो (चालम उधोग) मा भएको विवाद साम्य भएको छ । स्थानीयवासीले भारतबाट ट्रकमा धान ल्याएको विषयलाई लिएर उधोग सञ्चालकसँग वादविवाद गरेका थिए । उनीहरुको कारण केहि बेर मिल सञ्चालन नै रोकिएको थियो ।

उधोग सञ्चालकसँग स्थानीय वडाका जनप्रतिनिधि, स्थानीयवासी, प्रहरी र प्रशासन बिच भएको छलफलले विवादको समाधान गरेको छ । भारतबाट धान आयातका लागि प्रयोग हुने ट्रक ल्याउँदा आवश्यक मापदण्ड पुरा गर्न उधोग सञ्चालकलाई सूझाव दिइएको छ ।

यस्तै, ट्रक आउनेबारे स्थानीय वडा कार्यालयलाई जानकारी गराउन भनिएको छ । लकडाउनमा पनि मिल सञ्चालन गरेर चामलको आपूर्ति व्यवस्था गर्दै आएको सुर्य एग्रोले पैसा खुवाएर ट्रक ल्याएको भन्ने कुरा सरासर गलत र भ्रमपूर्ण भएको बताइएको छ । छलफलपछि मिल पुनःसञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार  १ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]