चैत्र १६, २०८० शुक्रबार

‘कोरोनाविरुद्ध विजय हासिल गरौं, अवश्य उज्योलो जीवन पाउनेछौं’

विश्व नै कोरोनासँगको युद्धमा लडिरहेको छ । नेपाल पनि यहि लडाइमा सरिक छ । सुदुरपूर्व झापामा कोरोना रोकथाम, उपचार र राहत व्यवस्थापन कसरी समन्वय भइरहेको छ भन्ने सन्दर्भमा जिल्ला समन्वय समिति झापाको उपप्रमुख मिना पराजुलीसँग गरिएको संक्षिप्त कुराकानी :

१, समन्वयको मुख्य भूमिकामा रहेको जिल्ला समन्वय समिति के गरिरहेको छ ?
– अहिले हामी विशेष गरी यहि कोरोनाको उपचार, रोकथाम नियन्त्रणसँगै यसको जोखिमबाट सुरक्षित बनाउन सबै स्थानीय तहसँग आवश्यक समन्वय गरिरहेका छौं । क्वारेन्टाइनको व्यवस्थापन, शंकास्पद विरामीको उपचार र राहत वितरणलाई उचित व्यवस्था गर्न झापाका १५ वटै पालिकासँग सहकार्य गरेर काम गर्दै आइरहेका छौं । चैतको पहिलो हप्ताबाटै कोरोना रोकथामका लागि सरकारले शुरु गरेको काम र विभिन्न अभियानमा सहकार्य गरिरहेका छौं । जिल्लालाई कडाइका साथ सुरक्षा व्यवस्था मिलाइरहेका छौं । जसका कारण यहाँका हरेक नागरिक सुरक्षित रहन पाउँ । हामीले पालिकाहरुमा पुगेर अनुगमन पनि गरेका छौं । खुल्ला सीमाका कारण उच्च जोखिममा छौं । सोहि बमोजिम स्थानीय सरकारलाई लाग्न सुझाव दिएका छौं ।

२,स्थानीय तहसँग केके कुरामा समन्वय भइरहेको छ ?
झापामा १५ वटा स्थानीय तह छन् । गाउँपालिका र नगरपालिकासँग कोरोना विरुद्धको अभियानलाई प्रभावकारी बनाउन समन्वय गरिरहेका छौं । त्यहाँको वस्तुस्थिति, बारिहबाट आएका नागरिकको पहिचान र क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक समन्वय गरिएको छ । नागरिकको जीवन सुरक्षाका लागि अति विपन्न परिवार र विपन्न , गरिवको पहिचान गरेर राहत वितरणको लागि समन्वयकारी भूमिका निर्वाह गरिरहेका छौं । सीमा नाकामा सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका छौं । दक्षिण सीमामा विशेष ध्यान पु¥याउन सूझाव दिएका छौं ।

३,कोरोना विरुद्धको लडाईमा आम नागरिकको भूमिका कस्तो पाउनु भएको छ ?
मुलत : कोरोनाबाट हामी सबै सुरक्षित रहन जरुरी छ । लकडाउनको पालन नै अहिलेको मुख्य विकल्प हो । यसैले नागरिकको भूमिकासँगै हामी सबैको भूमिका महत्वपूर्ण हुन जरुरी छ । झापासँगै प्रदेश १ मै नागरिकको भूमिका राम्रो भएकाले संक्रमणको अवस्था जोखिमपूर्ण छैन । यो नागरिककै भूमिकाको कारणले हो । म आग्रह गर्न चहान्छु, सीमामा बसोबास गर्ने हरेक दाजुभाई तथा दिदीबहिनीको भूमिका झनै रचनात्मक हुन आवश्यक छ । लकडाउनलाई परिपालना गर्न आग्रह गर्छु । आफैले आफैलाई मजबुद बनाएर बाँध्यौ भने अवश्य कोरोनाविरुद्ध विजय हासिल गर्नेछौं । सँगै सरसफाईमा विशेष ख्याल गर्न झापावासी नागरिकमा अनुरोध समेत गर्दछु ।

४, राहत वितरणको सन्दर्भमा स्थानीयत तहसँग नागरिकको गुनासो बढिरहेको छ । रातह वितरणलाई प्रभावकारी बनाउन के सुझाव दिनुहुन्छ ?
पहिलो चरणको राहत वितरण भइसकेको छ । अब दोस्रो चरणको राहत वितरणका लागि तयारी भइरहेको मैले बुझेको छु । त्यसका लागि लगत संकलनको काम भइरहेको छ । राहत वितरणलाई प्रभावकारी बनाउन अति विपन्न, विपन्न र मध्यम परिवारलाई राहत दिनुपर्छ । लकडाउन कहिले खुल्छ भन्ने टुङ्गो छैन । त्यसैले ४÷५ केजी चामलको भरमा लामो समय विताउन गाह्रो छ । कोठा भाडामा लिएर बस्ने नागरिकलाई पनि समस्या भइसकेको अवस्था छ । यसैले राहतको प्याकेज अब सबैको घरमा पु¥याउनुपर्छ । बिधार्थीहरु समस्यामा परेका छन् । अब स्थानीय सरकारले विधार्थीको अवस्थामा पनि ख्याल गर्नुपर्छ । यि सबै क्षेत्र र वर्गलाई ध्यान दिन सकियो भने राहतलाई पक्कै प्रभाबकारी बनाउन सकिनेछ ।

५, लकडाउनले अति विपन्न वर्ग धेरै समस्यामा छन्, उनीहरुको दैनिकीलाई कसरी सामान्य तर्फ ल्याउन सकिएला ?
यो मामिला जटिल विषय हो । लकडाउन छ । बाहिर निस्कन मिल्दैन । घरमै बसौं चुलो नबल्ने अवस्था बनिसक्यो । राहत वितरण त भएको छ तर केहि मात्राको राहतले सधैं पुग्दैन । यसैले म त भन्छु केहि मापदण्ड बनाएर दैनिक मजदुरी गर्नेलाई काममा फर्काऊ । एक ठाउँबाट अर्को ठाउँमा जान नदिऔं । मलाई लाग्छ, त्यसो गर्न सकियो भने कामको गति पनि बढ्नेछ र विपन्न मजदुर परिवारको दैनिकी सामान्य तर्फ विस्तारै फर्किनेछ । त्यसका लागि स्थानीय सरकार तयारी हुनुपर्छ । स्थानीय सरकारले यतातिर पनि फर्केर समीक्षा गर्न जरुरी भइसकेको छ । १० किलो चामल, १ केजी दाल र १ लिटर तेलले १० जनाको परिवारमा कति दिन पुग्ला आफै सोचौं । दमकले महिना दिनसम्म पुग्ने राहत दिएको भन्ने बुझेको छु । त्यति भयो भने कम्तिमा राहतको महसुस पक्कै हुनेछ ।

६, सीमा क्षेत्रको अनुगमनका क्रममा कस्तो चुनौति देख्नुभयो ?
सीमामा कुनै सम्झौता गर्नुहुदैन । त्यहाँ भनेको कडाइ नै गर्ने हो । खुल्ला सीमा चुनौति भएकाले त्यहाँको मजबुद सुरक्षाले नै झापालाई सुरक्षित बनाउने हो । हामीले सुरक्षा निकाय र प्रशासनसँगको समन्वयमा सीमाको मजवुद सुरक्षाका लागि व्यवस्थापन गरेका छौं । चुनौति पर्याप्त छ सोहि अनुसारको समाधानमा निरन्तर लागिपरेका छौं ।

७, कोरोनाको महामारीमा आम नागरिकलाई कस्तो सन्देश दिनुहुन्छ ?
मुख्यत, सरकारले गरेको निर्देशन पालना गरौं । साथैं, सम्पूर्ण झापाबासीमा लकडाउन पालनाको निम्ति अनुरोध गर्न चहान्छु । अहिले हामी जटिल परिस्थितिमा छौं । यसलाई सामना गर्ने मुख्य हतियार नै आफै हौं । आफु सुरक्षित बस्यौ भने सबै ठिक हुन्छ । यदि लापरबाही ग¥यौ भने त्यसको परिणाम आफु र आफ्नो समुदायले भोग्नुपर्छ । त्यसैले सबैलाई सुरक्षित बस्न आग्रह गर्छु । भोलीको उज्यालो जीवनका लागि अहिलेको कष्टलाई विचलित नभई सामना गर्न आग्रह गर्छु । सामाजिक दुरी कायम गरौं । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौं । जिससको इबुलेटिनबाट साभार

प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार  ३ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]