जेष्ठ ८, २०८१ मंगलबार

काेभिड १९ : २४ लाखभन्दा धेरै सङ्क्रमित

काठमाण्डाै – विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हाे ।

सङ्क्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेकाे र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । सङ्क्रमणका कारण एक लाख ६४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

संयुक्त राज्य अमेरिकामा मात्रै ४० हजार पाँच सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने सात लाख ६४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २३ हजार ६ सयभन्दा धेरै, स्पेनमा २० हजार चार सयभन्दा धेरै, फ्रान्समा १९ हजार सात सयभन्दा धेरै र बेलायतमा १६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा १६ हजार एक सय १६ जनामा कोरोना पुष्टि भएकाेमा पाँच सय १९ जनाको ज्यान गएको छ । 

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]