बैशाख २३, २०८१ आईतबार

बिर्तामोडबासीमा नगर प्रमुखको अपिल

विर्तामोड नगरवासी आदरणीय बुबा आमा, दाजु भाई तथा दिदीबहिनीहरु,
हार्दिक अभिबादन तथा नमस्कार ।

हामीहरु अहिले कोरोना भाईरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं । देशमा लकडाउन गरी सामाजिक दुरी कायम गरिएको १ महिना पुग्न लागेको छ । सरकारको लकडाउनको निर्णयलाई विर्तामोड नगरवासीले धैर्यता साथ कार्यान्वयन गरिराख्नु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्दछु ।

सौभाग्य हाम्रो विर्तामोड नगर क्षेत्र भित्र कोभिड–१९ को कुनै संक्रमित फेला परेका छैनन् । भारत लगायत तेस्रो देशबाट यस नगर भित्र आएका सबै परिवारहरुमा सम्पर्क गरी उहँंहरुलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको छ । हालसम्म क्वारेन्टाईनमा ७० जनालाई राखिएकोमा हाल ८ जना रहेका छन् । ती मध्ये ३६ जनाको आर. डि. टि. र ६ जनाको पि. सि. आर. परीक्षण गरिएकोमा कसैको पनि पोजेटिभ रिपोर्ट नआएको अवस्था छ । अझै पनि विदेशबाट आउनु भई यो रोगको लक्षण देखिएको छ भने घरमा नै लुकेर नबस्न सबैमा अनुरोध गर्दछु ।
साथै नेपाल सरकारले यो रोगका विरामीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरेको अवस्था छ । यस नगरपालिकाले पनि विरामीहरुको सेवाको लागि नगरका स्वास्थ्यकर्मीहरुलाई चौविसै घण्टा परिचालन गरेको र २ वटा एम्बुलेन्स समेत तैनाथ राखिएको छ । साथै धरानको वि. पि. कोईराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान र कोशी अस्पताल विराटनगरमा कोरोना परीक्षण गर्ने पि. सि. आर. प्रविधि जडान भई परीक्षण शुरु भईसकेको अवस्थामा कसैको शरीरमा यो लक्षण देखिएमा छिटै परीक्षण हुने र छिटै उपचार शुरु गर्न सकिने भएकोले कसैले लापरवाही नगरीदिनु हुन सबैमा पुनः अपिल गर्दछु ।


साथै नेपाल सरकारले यो रोगका विरामीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरेको अवस्था छ । यस नगरपालिकाले पनि विरामीहरुको सेवाको लागि नगरका स्वास्थ्यकर्मीहरुलाई चौविसै घण्टा परिचालन गरेको र २ वटा एम्बुलेन्स समेत तैनाथ राखिएको छ । साथै धरानको वि. पि. कोईराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान र कोशी अस्पताल विराटनगरमा कोरोना परीक्षण गर्ने पि. सि. आर. प्रविधि जडान भई परीक्षण शुरु भईसकेको अवस्थामा कसैको शरीरमा यो लक्षण देखिएमा छिटै परीक्षण हुने र छिटै उपचार शुरु गर्न सकिने भएकोले कसैले लापरवाही नगरीदिनु हुन सबैमा पुनः अपिल गर्दछु ।

प्रदेश नं.–१ मा समेत १३ जनामा कोरोनाको संक्रमण देखापरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के स्थित मस्जिदमा रहनु १३ जनामा कोरोना भाईरस संक्रमण भई कोशी अस्पतालमा उपचार भईरहेको छ । प्रदेश नं.–१ को छिमेकी जिल्लामा कोरोना संक्रमण देखिसकेकोले हामीले अझ थप सजकता र सावधानी अपनाउनु नै पर्दछ । यसैले हाल भईरहेको लकडाउनको पुर्णरुपमा पालना गर्दै आफु, आप्mनो परिवार र समुदायमा सहयोग पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

कोरोना संक्रमण रोकथाम गर्न र अतिविपन्न, गरिव परिवारहरुको दैनिक खाद्यान्न उपलब्ध गराउन कोरोना रोकथाम संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष कार्यविधि २०७६ स्वीकृत गरी लागू गरिएको छ । हालसम्म यस कोषमा नगरपालिकाले आप्mनो आन्तरिक स्रोतबाट रु. ५० लाख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सहकारी संस्थाहरु, संस्थागत विद्यालयहरु, राजनैतिक दलका नगर समिति, विभिन्न संघ संस्था तथा दाताहरुबाट रु. ६४ लाख ८२ हजार ४ सय २ रुपैंया गरी जम्मा रु. १ करोड १४ लाख ८२ हजार ४ सय २ रुपैंया जम्मा भईसकेको छ ।

उक्त रकमबाट नगर क्षेत्रका अतिविपन्न ६ हजार ९ सय १५ परिवारका २८ हजार १ सय ८९ जनालाई पहिलो चरणको राहत उपलब्ध गराईसकिएको छ । लकडाउनको अवधि थपिदै जाँदा अतिविपन्न परिवारहरुलाई थप राहत उपलब्ध गराउनु पर्ने अवस्था विद्यमान नै छ । यसैगरी लकडाउनको अवधिमा कोहीपनि नगरबासी भोकै रहनु पर्ने अवस्था नआओस भन्नेमा हामी सबै जनप्रतिनिधिहरु सजग छौं ।

अन्त्यमा, विर्तामोड नगरको राहत कोषमा नगद तथा जिन्सी सहयोग गरी विपन्न परिवारको चुल्हो बाल्ने अभियानमा सहयोग पु¥याउनु हुने सम्पुर्णमा नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै लकडाउनको अवधि थप लम्बिई राहत वितरण गर्नुपर्ने भएमा पुनः सहयोगको अपेक्षा समेत लिएको छु । यस कोरोना संक्रमणको रोकथामलाई नियन्त्रण गर्न सबै नगरबासीहरु आप्mनै घर भित्रै रही लकडाउनलाई पुर्णतः पालना गर्नु हुनेछ भन्ने विश्वासका साथ नगरबासी गाह«ो, अप्ठ्यारोमा हामी तपाईहरुकै साथमा रहने प्रण गर्दछौं । धन्यवाद ।

नगर प्रमुख – विर्तामोड नगरपालिका
विर्तामोड, झापा

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]