जेष्ठ ८, २०८१ मंगलबार

प्रदेश १ मा २३ जना आइसोलेशनमा

मोरङ । कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं।१ मा छ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ ।

धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल छ सय ७६ पुगेको छ । होम क्वारेन्टाइनमा चार हजार २२३ जना छन् । प्रदेशमा १३ जनामा सङ्क्रमण देखिएकामा दुई जना नेपाली र ११ जना भारतीय नागरिक छन् ।

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]