जेष्ठ २, २०८१ बुधबार

पूर्वतिर चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना

काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ ।

विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै डेढ घण्टा चल्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ । यसकै कारण पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।

अहिले पानी परिरहेको ठाउँमा अझै केहि बेर पानी पर्ने संभावना छ । आज देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भई केहि ठाउँमा मेघगर्जन, हावाहुरी र कतै कतै असिना सहित पानी पर्ने सम्भावना रहेका उहाँले बताउनुभयो ।

प्रि(मनसुनी गतिविधि सक्रिय भएकाले पर्सि बिहिबारसम्म नै देशभरीको मौसम आंशिक देखि सामान्य बदली भई केहि ठाउँमा मेघगर्जन हुरीबताससहित असिना पानी पर्ने सम्भावना छ । तर आजको भन्दा भोलि कम हुने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]