जेष्ठ ४, २०८१ शुक्रबार

पानीका पाइपमा पनि भेटियो कोरोना भाइरसको ‘निसान’

पेरिस – फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरसको ुनिसानु भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो ।

यस प्रकारका पानीका पाइपलाइनमा कोरोना भाइरसको अंश फेला परेपछि पेरिसका पिउने पानी बाहेक अन्य सबै पापलाइनहरुको सञ्‍जाललाई अनिश्चित कालका लागि विच्छेद गरिएको पेरिस महानगरपालिकालाई उद्धृत गर्दै फ्रान्सेली सञ्‍चारमाध्‍यम ले मोन्‍डेले जनाएको छ ।

ुकोरोना भाइरसको सानो संकेत सडक सफा गर्ने, आगलागी निभाउने, बोटबिरुवामा सिंचाइ गर्ने, निर्माणमा प्रयोग गर्ने पानीको पाइपलाइनमा फेला परेको हो । तर पिउने पानीका लागि भने जोखिम छैन्,ु पेरिस महानगरपालिका प्रमुख आन डिहाल्गोले मिडियाहरुसित भनिन् ।

महानगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परीक्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरसको अंश फेला परेको हो । त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै संयन्त्र, मार्ग र पाइपबाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् ।

भाइरस फेला परेका पाइपबाट आउने पानी सेन नदी र ऊर्क नहरबाट बिनाप्रशोधन सिधै ल्याउने गरिन्छ । यो पानी बगैंचा, पार्क, उद्यानमा सिँचाइ गर्न, सडक सफा गर्न, भवन निर्माणलगायतका काममा प्रयोग गरिने हुनाले नागरिकमा संक्रमण हुन सक्ने हुँदा विच्छेद गरेको महानगरपालिकाका अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले पानीका पाइपलाइनहरुमा कसरी कोरोना भाइरस संक्रमित भयो भन्ने बताउन सकेका छैन । प्रयोगशालामा हाल अनुसन्धान भइरहेको र त्यसको कारण पूर्ण अनुसन्धानपछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]