जेष्ठ ८, २०८१ मंगलबार

थप ८ जनामा कोरोना संक्रमणको आशंका

विराटनगर। उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

कोशी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनस् परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछिमात्र थाहा हुने ती चिकित्सकले बताए ।

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  १२ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]