बैशाख २३, २०८१ आईतबार

कोरोना भाइरस कृत्रिम होइन, जनावरबाटै सरेको हो : डब्लूएचओ

न्युयोर्क । नोभेल कोरोना भाइरस कृत्रिम नभएको अथवा प्रयोगशालामा नबनाइएको विश्‍व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले दाबी गरेको छ । यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावरबाट भएको र त्यसपछि मानिसमा सरेको डब्लूएचओले जनाएको छ ।

अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार हाल महामारीको रुप फैलिएको कोरोना भाइरसको उत्पत्ति जनावर नै रहेको डब्लुएचओले स्पष्ट पारेको हो । यसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै विस्तार गरिएको भन्‍ने तर्कहरुमा कुनै सत्यता नरहेको डब्लूएचओको दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता कोरोना भाइरसको उत्पादन चीनको वुहानस्थित प्रयोगशालाबाट उत्पादन भएको हुनसक्ने भन्दै त्यसको सत्यता थाहा पाउने प्रयासमा आफ्नो प्रशासन रहेको बताएका थिए ।

अमेरिकी गुप्तचर र राष्ट्रिय सुरक्षा अधिकारीहरुले अमेरिका सरकार कोरोना भाइरसको फैलावट चिनियाँ प्रयोगशालाबाट भएको विषयमा अनुसन्धान गरिरहेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले यसअघि यदि कोरोना भाइरस मानव निर्मित रहेको वा थाहा पाएरै फैलाइएको भए चीनले त्यसको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी पनि उनले दिएका थिए ।

तर डब्लुएचओकी प्रवक्ता फाडेला चाइबले मंगलबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेकी छन्, ूप्राप्त सबै प्रमाणहरुका अनुसार भाइरसको उत्पति जनावरबाटै भएको हो । यसलाई कुनै प्रयोगशाला वा अन्त कतै बनाएर जानी जानी फैलाइएको होइन ।ू

तर भाइरस कसरी मानवसम्म आइपुग्यो भन्‍नेबारे उनले स्पष्ट पारेकी छैनन् । र पनि उत्पति भएको जनावरबाट जनावरको अर्को प्रजातिमा सरेपछि मात्रै यस भाइरसको संक्रमण मानिससम्म आइपुगेको हुनसक्नेमा बलियो सम्भावना रहेको उनले बताइन् । मानवसम्म कसरी भाइरस आइपुग्यो भन्नेबारे अझै पनि अनुसन्धान जारी रहेको बताइएको छ । – सीएनएन

प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]