चैत्र ६, २०८० मंगलबार

नागरिकता बिनै फर्किए सेवाग्राही

भद्रपुर । जिल्ला प्रशासन कार्यालयबाट बुधबारदेखि वंशजको आधारमा नागरिकता वितरण शुरु भएको छ । सर्वोच्च अदालतले रोक लगाएको नागरिकता पुनःवितरण शुरु गरेपनि जिल्लाका विभिन्न स्थानबाट नागरिकता लिन आउने सेवाग्राही रित्तो फर्किन थालेका छन् ।

बिहीवार झापा गाउँपालिका –७ बाट नागरिकता बनाउन भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालय पुगेका २१ वर्षीय टेकनारायण यादव नागरिकता नलिई फर्किएका छन् । बिहीवार विप्लप नेकपाले आव्हान गरेको बन्दका कारण झापा गाउँपालिका ७ मदरगाछबाट साइकलमा जिल्ला प्रशासन कार्यालय पुगेका यादव सहित उनका साथीहरु त्यसै फर्किएका छन् । विदेश जानका लागि नागरिकता बनाउन पुगेका यादवलाई कार्यालयका कर्मचारीले आइतवार आउन भनेका छन् । उनको बुबाले ०६३ सालमा जन्मका आधारमा नागरिकता लिएका थिए । बुबाको नागरिकताका आधारमा नागरिकता नपाएका टेकनारायणले सरकारको नयाँ व्यवस्थाबाट नागरिकता बनाउन लागेका छन् ।

शरणामतीस्थित जनता माविको कक्षा १२ मा अध्ययन गरिरहेका रामकरण यादव पनि अध्ययन पछि जागिर खाने योजनामा छन् । उनलाई अहिलेसम्म नागरिकता नभएकै कारण काम गर्न समेत समस्या भइरहेको थियो । १८ वर्षीय रामकरणले सरकारको योजना राम्रो भएपनि नागरिकता बनाउन समस्या भोग्नु परेको बताए । उनले नागरिकता वितरणमा भएको भिडले आफु फर्किनु परेको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय झापाले दैनिक १५० जनालाई नागरिकता वितरण गर्ने जनाएको छ । नागरिकता संवेदनशील भएकाले यसको वितरणमा व्यवस्थान गर्नुपर्ने भएको बताइएको छ । १२ बजेसम्म नै १५० टोकन सकिएको रहेछ, अब आइतवार आउनु भन्नुभयो – मदरगाछबाट आएका अब्दुल्हाकिम अन्सारी भने । अब्दुल्हा र उनका छिमेकी महेन्द्र यादव साइकलमा जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

अर्का सेवाग्राही कनकाई ३ का अशोक मण्डलको समस्या बेग्लै छ । २५ वर्षीय मण्डलको बुबाको निधन भइसकेको छ । आमा हिडडुल गर्न सक्नुहुन्न, मण्डलले भने – सरकारले नागरिकता दिँदा पनि मैले बनाउन सकिरहेको छैन । मेरो आफ्नै समस्या छ । बुबाको मृत्यू दर्ता छ , मसँग जन्मदर्ता र सर्टिफिकेट छ । सायद नागरिकता बनाउन सकिएला, तर जटिल छ ।

बुबाको जन्मको नागरिकता भएकाले छोरी नन्दनी कुमारी कर्माकारले अहिलेसम्म नागरिकता बनाउन पाएकी थिइनन् । अध्ययनका लागि अन्य राष्ट्रमा अध्ययन गर्ने सपना अब पुरा हुने बताइन् । उनका दाजु प्रेम कुमार कर्माकारले बहिनीको नागरिकता बनाउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।



नागरिकता बिनै फर्किए सेवाग्राही

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार  ३ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]