बैशाख २७, २०८२ शनिबार

नेकपालाई कमजोर पार्न देशीविदेशी शक्तिहरु निरन्तर लागिरहेका छन् : प्रचण्ड

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन्।

नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा वक्तव्य निकाल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन्।

‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्न विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ, यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता कार्यकर्तालाई अपील गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।

उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले लक्ष्यप्रति समर्मित हुन प्रेरणा र ऊर्जा दिएको भन्दै एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न पनि अपील गरेका छन्।

दाहालले कोरोनाविरुद्ध सरकारको प्रयासमा सहकार्य गरी विज्ञले सुझाएका सुरक्षाका उपायलाई दृढतापूर्वक अवलम्बन गर्दै एकताबद्ध संघर्षमा होमिन सम्पूर्ण नेता कार्यकर्तालाई अपील गरेका छन्।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]