बैशाख २२, २०८१ शनिबार

किन जाँदैनन् रिमालको घरमा जोगी ?

बिर्तामोड । फेरी बजाउँदै रातभर घरघर पुग्ने जोगीको मेचीनगरमा बस्ती छ । उनीहरुको तिन पुस्ताले मेचीनगरस्थित बाहुनडाँगी जोगी बस्तीमा जीवन चलाइरहेका छन् । दुई पुस्ताले फेरी बजाएरै जीवन चलाए पनि पछिल्लो पुस्ता फेरी समाउने भन्दा पनि अन्यत्र काम रोज्न थालेका छन् ।

जोगीले रिमालको घरमा फेरी बजाउदैनन् भन्ने कुरा नयाँ पुस्तालाई थाहा नहुन सक्छ । झापा बाहुन्डाँगीका बुद्धिमान जोगीका अनुसार रिमालको घरमा बजाउन नमिल्नुको कारण पुरानो झगडा हो । धार्मिक विधिले गर्दा क्रृश्चियनको घरमा स्वभाविक रुपमा बजाउदैनौं, उनी भन्छन् – रिमालको घरमा नबजाउनुको कारण पुर्खाकै अडान अझै यथावत छ ।

बुद्धिमानले सुनाए रिमालको घरमा नबजाउनुको कहानी,– उहिले फेरी बजाउदै रिमालको घरमा जोगी बास बसेछन् । रिमालसँग मित लगाएर जोगी बास बसेका थिए । जोगीले घुम्दै फिर्दै कहाँ पुग्छु भन्दै चाँदीको लौरो मितलाई राख्न दिएका रहेछन् । फर्किएर आएपछि लौरो लिएर जाउँला भनेका थिए । ठ्याक्कै एक वर्षपछि फर्किएर मित कहाँ जाँदा त मितले लौरो घुनले खाएछ भन्ने जवाफ दिए । त्यै लौरोको कारण रिमाल र जोगीको झगडा परेछ । झगडापछि जोगीले रिमालको घरमा जानु पनि नपरोस्, रिमालसँग दान पनि लिन नपरोस् भन्दै अठोट लिएका रहेछन् ।

अहिले पनि रिमालको घरमा जोगी जाँदैनन्, बजाउन । जोगीले रिमालको घर चिन्छन्, नयाँ जोगी पर्यो भने रिमालले आफै भनिदिन्छन् । इसाईको घर ढोका हेरेर जोगीले पहिचान गर्ने गरेको बुद्धिमानको भनाइ छ । फेरी लगाउने मुख्य समय भनेको कालो कात्तिक र चैत हो ।

यहाँका जोगी नेपालमा भन्दा पनि भारतको विभिन्न क्षेत्रमा धेरै जाने गरेका छन् । उनीहरुलाई यहाँभन्दा भारतमा नेपाली मुलका नागरिक बसेको क्षेत्रमा जाँदा राम्रो आम्दानी पनि हुने भएपछि नेपाली जोगी कात्तिक र चैतमा सिक्किम, आछाम, दार्जिलिङ लगायतका ठाउँ घुम्ने गर्छन् । जोगीको अहिले पनि आफ्नो निश्चित क्षेत्र तोकिए अनुसार घुम्ने गर्छन् ।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  ११ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]