बैशाख २५, २०८२ बिहीबार

विद्यार्थीहरुलाई क्याम्पसको सम्पर्कमा रहन त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउनका बेला अनौपचारिक ढंगले अध्ययन अध्यापन गराउने भएको छ । आज एक विज्ञप्ति जारी विश्वविद्यालयले सो जानकारी दिएको हो ।

लकडाउनका बेला कसरी अनौपचारिक ढंगले कसरी अध्ययन अध्यापन गराउन सकिन्छ र भावी कस्तो विधि अप्नाउनुपर्ला भनेर विश्वविद्यालयले भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा।विनिल अर्यालको संयोजकत्वामा अध्ययन समिति समेत निर्माण गरेको छ । त्रिविले रोकिएका परीक्षाहरु सहज वातावरण भएपछि सुचारु गर्ने समेत जनाएको छ ।

वैकल्पिक विधि प्रयोग गरेर अध्ययनलाई अघि बढाउने भएकोले सबै विद्यार्थीहरुलाई आफ्नो विभाग र क्याम्पसमा सम्पर्कमा रहन समेत सूचित गरेको छ । विश्वविद्यालयले इन्टरनेटको माध्यामबाट अध्ययन अध्यापनलाई अघि बढाउने समेत जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  १ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]