बैशाख २३, २०८१ आईतबार

उदयपुरमा कोरोना संक्रमितको संख्या २७ पुग्यो, प्रदेश १ उच्च जोखिममा

झापा । नेपालमा पश्चिमबाट शुरु भएको कोरोना संक्रमण पूर्वमा व्यापाक बन्दै गएको छ । एक हप्तामा सबै प्रदेशलाई १ नं प्रदेशले संक्रमण संख्याको आधारमा उछिनेको छ ।

आज मात्रै प्रदेश १ मा ३ जना संक्रमित भेटिए । त्यसभन्दा अघि उदयपुरमा २४ जना संक्रमित भेटिसकेको छ । नेपालमा कोरोना संक्रमणको लागि ‘हटस्पट’ बनेको उदयपुरका कारण प्रदेश १ नै जोखिममा परेको छ । सातै वटा प्रदेशमध्ये अहिले उच्च जोखिममा प्रदेश १ लाई लिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना सक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको उपचार भइरहेको छ ।

संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु हुन् । यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेका छ भने नेपालमा कुल संक्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उदयपुर अन्य जिल्लाभन्दा जोखिममा रहेकाले प्रदेश १ सँगको समन्वयमा त्यहाँ स्वास्थ्यकर्मी परिचालन गरी परीक्षणको दायरा थप बढाइने बताए ।

उनले भने, ‘अन्यत्रभन्दा त्यहाँ थप जोखिम छ । जिल्लालाई सिल गरी परीक्षण बढाउने तयारीबारे छलफल भइरहेको छ ।’ मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ३६ जनाको नमूना परीक्षण भएको छ ।

हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ४० हजार ४ सय ३१ पुगेको छ । पिसिआरबाट ९ हजार ११ र आरडिटीबाट ३१ ह्जार ४ सय २० जनाको नमूना परीक्षण भएको हो । ३५ संक्रमित हाल विभिन्न अस्पतालमा उपचाररत छन् । पाटन अस्पतालमा २, बागलुङ अस्पतालमा १, भरतपुर अस्पतालमा २, धनगढीमा २, विरगञ्जमा ४ र विराटनगरमा २४ जना संक्रमितको उपचार भइरहेको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

सबै जिल्लामा आरटिडी परिक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ९७, प्रदेश २ मा ३ हजार ९ सय २५, वागमतिमा ५ हजार ९ सय १५, गण्डकीमा ४ हजार २ सय ७२, प्रदेश ५ मा २ हजार ५ सय ९६, कर्णालीमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ जनाको नमूना परीक्षण गरेको छ ।

हाल काठमाडौं उपत्यकामा ३ र बाहिर ९२ गरी जम्मा ९५ जना आइसोलेसनमा छन् । ८ हजार ५ सय ९५ जनालाइ क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]