बैशाख २२, २०८१ शनिबार

स्थानीयको बिरोधपछि बिर्तामोड बसेका भारतीय जमातीलाई दमकको क्वारेन्टाइनबाट फिर्ता पठाइयो

दमक । भद्रपुरको कलवलगुरी क्वारेन्टाइनमा राखिएका बिर्तामोडका ९ जना जमातीलाई दमकबाट फिर्ता पठाइएको छ । झापामा रहेका सबै जमातीलाई दमककै मस्जिदमा बनाइएको क्वारेन्टाइनमा राख्ने सहमती अनुसार आज उनीहरुलाई भद्रपुरबाट त्यहाँ लगिएको थियो ।

झापाको दमक – ६ मा रहेको मस्जिदलाई नै क्वारेन्टाईन बनाएर दमकमा बस्दै आएका १४ जना जमातीलाई राखिएको थियो। सोही क्वारेन्टाइनमा राख्न बिर्तामोड बसेका जमाती लैजादा स्थानीयले बिरोध गरेपछि फर्काइएको प्रभावकारी न्युजले लेखेको छ ।

दमक नगरपालिकबाट नै रेखदेख गर्ने गरि क्वारेन्टाइन स्थापना गरिए पनि बिर्तामोडबाट जानेको कोरोना परिक्षण गरेपनि रिपोर्ट नआएको भन्दै स्थानीयलए बिरोध गरेका हुन् ।

उनीहरुलाई एम्बुलेन्सबाट साँझमा दमक लगिएको थियो । स्थानीयले यो थाहा पाएपछि बिरोध जनाउदै सडकमा आएका थिए । स्थानीयको अवरोध र बिरोधपछि एम्बुलेन्समा नै उनिह्ररुलाई जताबाट आएको त्यतै फर्काईएको जनाईएको छ ।

उनिहरुको कोरोना जाँचमा कसैलाई पनि कोरोना देखिएको थिएन । त्यहि भएर एकै ठाँउमा राख्न खोजिएको बताईन्छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उनिहरुलाई फिर्ता पठाईएको बताए । उनका अनुसार जताबाट आएका हुन् उनिहरुलाई त्यतै फर्काईएको छ ।

स्थानीयले क्वारेन्टाइनमा लैजानका लागि माग गरेका थिए । बिरोध भएपछि साँझमा मस्जिद आसपास कडा सुरक्षा पारिएको थियो ।

प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]