जेष्ठ ८, २०८२ बुधबार

शान्तिराज कोइरालासहित २४ डिएसपीको एसपीमा बढुवा

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा बसेका शान्तिराज कोइराला एसपीमा बढुवा भएका छन् । उनीसँगै नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरिएको छ । बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवा हुनेमा पहिलो नम्बरमा तुलबहादुर कार्की रहेका छन् । त्यस्तै क्रमशः दोस्रोमा होबिन्द्र बोगटी तेस्रोमा बेद विष्ट र चौथोमा राकेश सिँह रहेका छन् ।

यस्तै क्रमशः राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजज सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेका छन् ।

प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]