बैशाख २७, २०८२ शनिबार

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

काठमाडौं– निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकताका लागि दल दर्ताको निवेदन दिइएको समाजवादी पार्टीका नेता उपेन्द्र यादवले जानकारी दिए । आवश्यक कागजात भने नपुगेको निर्वाचन आयोगले जनाएको छ ।

राजपा संयोजक शरतसिंह भण्डारी लकडाउनका कारण बाहिर निस्कन समस्या भएको तर आयोगले मागेको कागज उपलब्ध गराउने जानकारी दिए ।

दुई दलले बुधबार राति पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए ।

दल दर्ताका लागि राजपाका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी तथा समाजवादीका उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार  ११ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]