बैशाख १३, २०८१ बिहीबार

कविता – आमाको मन

यो आकाश
यो धर्ती
यो जनजीवन
कस्तो राम्रो लाग्छ
जब आमा मुस्कुराउछिन्

आमाकै तारिफमा
कति कविले
कविता लेखे
गजल लेखे
संगीत भरे
तैपनि आमाको सौन्दर्य
अझै सृष्टिमा घटेको छैन
हो कति पवित्र छ

आमाको निस्वार्थ प्रेम
कति अनुपम छ
आमा भन्छिन्
आमा बन्न कठिन छ
कहिले उकालो चढनु पर्ने
कहिले ओरालो झर्नु पर्ने
धर्ती जस्तो सहनु पर्ने
त्यसैले ऊनी भन्छिन्
आमा बन्न कहाँ सजिलो छ ?

जस्तोसुकै वेदना खेपे पनि
कष्ट गरे पनि
छोराछोरीको निमित्त
ऊनी मरेहत्ते गरिरहेकी हुन्छिन्
त्यो भएर आमाको मन ठुलो हुन्छ ।

अमित संग्रौला , बिर्तामोड (हाल दुबई )

प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार  ४ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]