पहिलो रिक्सा चालक धिमालले भनिन् ‘चामल ल्याइदिनु भो, टमाटरको अचारसँग भएपनि खाइहाल्छु’
बिर्तामोड । नेपालको पहिलो महिला रिक्सा चालक फुलमाया धिमाललाई ०७४ साल यता चामलको चिन्ता छैन । वृद्ध भइसकेकी धिमाललाई बिर्तामोडका युवा व्यवसायी बिशाल अग्रवालले मासिक १ बोरा चामल उपलब्ध गराउँदै आएका छन् । उनी इश्वर ट्रेडिङका सञ्चालक हुन् ।

लामो समय रिक्सा चलाएर जीवन धानेकी धिमाल वृद्ध भएपछि रिक्सा चलाउने जीवनबाट पछाडि फर्किएको झण्डै एक दशक पुग्न लागेको छ । रिक्सा छोडेपछि मागेर दैनिक जीवन चलाउने धिमाललाई ४ वर्षदेखि अग्रवालले मासिक एक बोरा चामल उपलब्ध गराउदै आएका छन् ।
लकडाउनका कारण अग्रवालले बैशाखको शुरुआतमै चामल पु¥याउन सकेनन् । नसकेपछि धिमालले पनि स्थानीय सरकारले दिने ५ केजी चामल राहतमा थापिन् । तर, ५ केजी चामल पनि सकिएको थाहा पाएपछि अग्रवालले आजै एक बोरा चामल धिमालको घरमै पुर्याएर फर्र्किएका छन् । अग्रवाल भन्छन्, – मैले उहाँ जीवित रहुञ्जेल चामल उपलब्ध गराउने भनेको छु । यसपालि लकडाउनले ढिला भयो । आफ्नो बुवाको देहवसानपछि उहाँलाई सहयोग स्वरुप चामल सहयोग गर्न थालेको अग्रवालको भनाई छ ।
रिक्सा कुदाएर जीवनको उर्जावान समय विताएकी धिमालको सहारामा एक जना अपांगता भएका छोरा छन् । उनको कमाइले घर धान्न गाह्रो भएपछि केहि वर्षेदेखि माग्दै हिडिरहेकी थिइन् । चामलको व्यवस्था भएपछि उनलाई हरेक दिन नुन,तेल र तरकारीको समस्या छ । आज धिमालकोे घर पुगेका अग्रवालसँग भनिन्, मेरो मालिक आउनु भएछ, अब पिठो खान्न । केहि दिनदेखि चामल सकिएर छरछिमेकले दिएको पिठो खाँदै बसेकी उनले अब भात बनाएर खाने बताइन् । चामल आयो , टमाटरको अचारसँग खाइहाल्छु नि ।