बैशाख २५, २०८२ बिहीबार

प्रदेश १ मा बैशाख १५ बाट एसईई तयारी कक्षा शुरु हुने

झापा । प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ । एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको छ ।

दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालन गरिने गरी सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ र इटहरी प्रशारण केन्द्रका प्रमुख डा. टंक उप्रेतिवीच बिहीबार सम्झौता भएको हो । पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गते सम्मका लागि सम्झौता भएको छ ।

एसईई तयारी कक्षा वैशाख १५ गते देखि शुरु हुनेछ । सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाले यसको प्रसारण सामग्री विज्ञ शिक्षकहरूको सहयोगमा तयार गरी प्रसारण तालिका सूचित गर्ने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामग्रीबाट परीक्षामा सहयोगी हुने सामग्री छनोट गरिने छ र प्रति दिन तीन विषयका तीनओटा कक्षा प्रशारण गरिने छ ।

दैनिक एसईई तयारी कक्षा प्रशारण हुनुअघि दैनिक १० मिनेट विज्ञबाट विद्यार्थीलाई विभिन्न व्यवहारिक ज्ञानबारे जानकारी गराउने प्रबन्ध मिलाइने छ । विद्यार्थीहरूले विज्ञलाई विषयवस्तुमा आधारित राखेको जिज्ञाशा पनि कार्यक्रममा प्रशारण गरिने छ ।’

हरेक दिन विहान १० वजेदेखि कक्षा शुरु हुनेछ । पहिलो सम्झौता अनुसार अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयका जम्मा ९० वटा कक्षा सञ्चालन गरिने छन् । सम्बन्धित विषय शिक्षकहरूले उक्त कक्षामा सहभागी हुने र आफ्ना विद्यार्थीलाई उक्त भर्चुअल कक्षामा सहभागि गराउने र उनीहरूका जिज्ञासालाई अनलाइन तथा टेलिफोन सम्पर्कबाट समाधान गर्न सहजीकरणा गर्न समेत अपित गरिन्छ । सम्पूर्ण परीक्षार्थी विद्यार्थीलाई उक्त प्रशारण समयमा सहभागी भई लाभान्वित बन्नका लागि आाह्वान गरिन्छ ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]