बैशाख १४, २०८१ शुक्रबार

चुडामणि पौड्यालको ‘परदेशी मायालु’ सार्वजनिक

झापा ।   गीतकार तथा गायक चुडामणि पौड्यालले नयाँ गीत सार्वजनिक गरेका छन् ।
विश्व कोरोना भाईरसको महामारीसंग लडिरहेका बेला परदेशमा रहेका नेपालीहरुको पीडालाई समेटेर पौड्यालले नयाँ गीत ‘परदेशी मायालु’सार्वजनिक गरेका हुन् ।

यतिबेला नेपाल लगायत विश्वका सबै देशहरु लकडाउनमा छन् । यहि अवस्थालाई मध्यनजर गर्दै नयाँ गीत बजारमा ल्याएको गीतकार तथा गायक पौड्यालले बताए । पौड्यालको शव्द,स्वर तथा सन्तोस शिवाको संगीतमा रहेको गीत बुधवार ‘सेल्फी टिभी’मार्फत सार्वजनिक गरीएको हो ।

गीतकार पौड्यालको ‘अट्टो रिक्सामा’लगायत दर्जनौ गीतहरु बजारमा छन् ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]