बैशाख २२, २०८१ शनिबार

चार देश कोरोनाभाइरस संक्रमणमुक्त

एजेन्सी – कोरोनाभाइरस संक्रमित भेटिएका चार वटा देश र स्वायत्त क्षेत्र संक्रमणमुक्त भएका छन्। ग्रिनल्याण्ड, सेन्ट लुसिया, मौरिटानिया र सेन्ट बार्थ संक्रमणमुक्त भएका हुन्।

चार देशमा जम्मा ३९ जना संक्रमित भेटिएका थिए। जसमध्ये एक जनाको मृत्यु भयो भने ३८ जना निको भए। मृत्यु हुनेमा मौरिटानियाका नागरिक छन्।

मौरिटानियामा जम्मा सात जना संक्रमित भेटिएका थिए। त्यसमध्ये ६ जना निको भएका छन्। त्यहाँ अन्तिमपटक अप्रिल ९ मा संक्रमित भेटिएका थिए।

चारमध्ये सबैभन्दा बढी संक्रमित सेन्ट लुसिया हो। त्यहाँ भेटिएका सबै १५ संक्रमित निको भएका छन्। अन्तिमपटक अप्रिल १० मा नयाँ संक्रमित भेटिएका थिए। उनी पनि निको भइसकेका छन्।

सबैभन्दा पहिला संक्रमणमुक्त हुने देश ग्रिनल्याण्ड हो। त्यहाँ ११ जना संक्रमित भेटिएका थिए। अन्तिमपटक अप्रिल ४ मा नयाँ संक्रमित भेटिएका थिए।

पछिल्लो पटक संक्रमणमुक्त हुने देश÷स्वायत्त क्षेत्र सेन्ट बार्थ हो। यो क्यारेबियन क्षेत्रमा जम्मा ६ जना संक्रमित भेटिएका थिए।

यहाँको जनसंख्या नौ हजारको हाराहारीमा मात्र छ। अधिकांश सेता बालुवाको समुन्द्री किनार रहेको यो क्षेत्र पर्यटकीयस्थल हो।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ११ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]