बैशाख २३, २०८१ आईतबार

अब सबै पालिकामा स्वास्थ्यकर्मीको टोली खटिने

काठमाण्डौ – सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित गर्न टोली गठन गर्ने भएको छ । 

विभिन्न पालिकामा खटिने गरी जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी र नर्स सम्मिलित तीन सदस्यीय टोली गठन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाको रोकथामका लागि हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा दुई वटा, उपमाहानगरपालिकामा तीन वटा र महानगरपालिकामा ५ वटा टोली खटाइने जानकारी दिनुभयो । 

यो टोलीमा पालिकामा उपलब्ध स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ । तर अपुग भएमा अरु ठाउँबाट पनि खटाइने स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

 नेपालमा अहिले ४८ जनालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ भने सक्रमितमध्ये १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]