बैशाख १७, २०८१ सोमबार

दोस्रो चरणमा बुद्धशान्तिले २५ सय परिवारमा राहत पुर्याउने

बुधबारे । बुद्धशान्ति गाउँपालिकामा दोस्रो चरण राहत बितरण सरु गरिएको छ । पहिलो चरणमा छुट भएका बिपन्न नागरिकलाई खाद्यान्न वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताए । उनका अनुसार दोस्रो चरणमा २५ सय ५ परिवारका ९ हजार ८ सय ४८ जनाले राहत पाउने छन् ।

१५ गतेभित्र राहत सामग्री वितरण गरि सक्ने गरी गाउँपालिकाले दोस्रो चरणको अभियान सुरु गरेको गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेलले बताइन् । पहिलो चरणमा छुट हुन पुगेकालाई राहत दिन थालिएकाले अब कोही पनि बिपन्न नागरिक नछुट्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ५ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]