बैशाख १७, २०८१ सोमबार

पाँच हजार बढीको कोरोना परीक्षण

विराटनगर । प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको छ । त्यस्तै ल्याबमा स्वाब लगेर परीक्षण गरिने विधि पीसीआरबाट ९ सय १४ जनाको कोरोना परीक्षणमा भएको छ । प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म १ हजार २ सय ४ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३१ जना छन् ।

प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]