सामुदायिक कुकुरको भोक मार्दै युवा
चन्द्र वाग्ले
बुद्धशान्ति । लकडाउनका कारण भोका भएका सामुदायिक कुकुरलाई जिनियस मिडिया र श्रीखण्ड साबुनको अगुवाइमा खानेकुरा खुवाउने अभियान चलाइएको छ ।

जनवारको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै चैत २५ गतेबाट अभियान चलाएको अभियान्त सुजन शिवाकोटीले बताएका छन् । अहिलेसम्म भद्रपुर, बिर्तामोड , चन्द्रगढी र अर्जुनधारामा कुकुरलाई खानेकुरा दिने काभ भइरहेको जिनियस मिडिया निरोज पोख्रेलले बताएका छन् ।
यस अभियानमा जतिन श्रेष्ठ, निमेश सिवाकोटी, निरोज पोख्रेल, सुजन सिवाकोटी रहेका छन् । उक्त अभियानलाई गौसंरक्षण समितिका अध्यक्ष दुर्गा प्रसाद पाठक, प्रहरी संगठन भद्रपुर नगर समितिका अध्यक्ष सरोज कुमार कार्की र झुमादेबि घिमिरेले सहयोग गरेका छन् ।
मानवीय चहलपहल नहुँदा भोकै भएका कुकुर यतिबेला खान नपाएर छट्पटिने अवस्था बनिरहेको छ ।