जेष्ठ ४, २०८२ शनिबार

समाजवादी र राजपाको दल दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी

झापा । सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ।

युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्। उनी तत्कालीन एमाले भातृ संगठन युवा संघको केन्द्रीय कोषाध्यक्ष थिए।

ुहामीले दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी गरेका हौँु, लामाले भने, ुहाम्रो निवेदन १३९० नंम्बरमा दर्ता भएको छ।ु

समाजवादी पार्टीले युवा संघका पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेत सहित पूर्व आईजिपी सर्वेन्द्र खनाल र नेकपाका अर्का सांसद किसान श्रेष्ठ विरुद्ध अपहरणको जाहेरी दिएसँगै दल दर्ता विरुद्ध निवेदन दर्ता भएको हो।

‘नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ’ निवेदनमा भनिएको छ, ‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ।’

प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]