जेष्ठ २, २०८१ बुधबार

वीरगञ्जकी २३ वर्षीया युवतीको मृत्यु कोरोनाबाट नभएको पुष्टि

काठमाडौं । वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएकी कोरोना आशंकित २३ वर्षीया युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । हेटौंडा स्थित प्रयोगशालामा स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराउनु भएको हो ।

यस अघि नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले निज युवती ब्लड क्यान्सरको बिरामी र निजलाई कोरोना संक्रमण भएको आशंकामा आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको बताउनु भएको थियो ।

मृत्यु भएकी ती युवतीको स्वास्थ्य समस्या देखिएपछि गत चैत ५ गते चितवन जिल्लाको भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको प्रमाणित भएको र चैत ९ गते डिस्चार्ज भई वीरगञ्ज ११ अशोकवाटिका स्थित आफ्नो घर आई बस्नु भएको थियो ।

वैशाख १३ गते उनको स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज कै एडभान्स अस्पताल लगिएको तर एडभान्सले बिरामीलाई आईसीयुमा राख्नुपर्ने जनाउँदै नेशनल मेडिकल कलेजमा रिफर गरेको र नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामी भर्ना नै नगरेपछि पारिवारले शनिबार राति १० बजेतिर तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरेका थिए ।

तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएपछि अन्य जाँचसँगै अस्पतालले आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि दोश्रो पटक आरडीटी परीक्षण गरेका तर रिपोर्ट पोजेटिभ नै देखिएपछि नारायणी अस्पताललाई खबर गरेको र नारायणी अस्पतालको टोलिले पनि आरडीटी परीक्षण गर्दा पोजेटिभ रिजर्ट देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो ।

प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]