बैशाख ७, २०८१ शुक्रबार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकसय बेडको कोभिड १९ अस्पताल

जयकृष्ण यादव

इनरुवा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको उपचार र रोकथामका लागि गम्भीर भएर लागिपरेको बताउनुभयो । प्रदेश नम्बर एक केन्द्रबिन्दु भएकोले कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागि रहेको बताउनुभयो ।


आईतबार सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा बनेको १ सय बेडको कोभिड १९ अस्पतालको निरीक्षण गर्नुहुदै मूख्यमन्त्री राईले सो कुरा बताउनुभयो । अस्पतालको निरीक्षण गर्न धरान आउनुभएका मुख्यमन्त्री राईले एक नम्बर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेकोले कोरोनाको केन्द्रबिन्दु बन्दै गइरहेकोले कोभिड १९ सँग जुध्न हर तरहले प्रदेश सरकार लागि रहेको बताउनुभयो । कोरोनालाई पराजित गर्न प्रदेश एकका सबै संयमित भएर लागि पर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेश सरकारको तयार राम्रो भएकोले आत्तिनु पर्देन ” ।


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतबारदेखि सञ्चालनमा आएको कोभिड १९ अस्पताल निरीक्षण पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुहुदै मुख्यमन्त्री राईले भन्नुभयो, “हामीले एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार र्गयौँ, जहाँ सङ्क्रमितहरूलाई राख्ने गरेका छौँ । जहाँ जहाँ सङ्क्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीव्र बनाएका छौ, त्यसैले अहिले त्रसित भएर आत्तिएर झन् समस्या आउन सक्छ बरु संयमित भएर लागौँ । ”
मुख्यमन्त्री राईले कोभिड १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरू पालना गरेर, सङ्क्रमितहरूलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र तयार पारिएको १ सय बेड क्षमताको कोभिड १९ अस्पताल सञ्चालनमा आएकाले विरामीहरुको उपचार सहज हुने भएको छ । अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ ।
एक सातामा तयार भएको उक्त अस्पतालमा छुट्टै बच्चा वार्ड, मातृशिशु वार्ड, शल्यक्रिया , ल्यावलगायतको वार्डहरु तयार गरिएको छ । अस्पतालमा छुट्टै १३ बेड आइसियु पनि व्यवस्था गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिनुभयो । मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सभामुख प्रदिप भण्डारीले प्रतिष्ठानको कोरोना उपचारको तयारी र अवस्थाबारे निरीक्षण गर्नुभएको थियो ।

कोरोना संक्रमणको परीक्षणका विषयमा डा. नारायण भट्टराईले मन्त्रीहरुलाई जानकारी गराउनुभएको थियो । प्रतिष्ठानमा पनि अटोमेटिक आरएनए मेसिन भए हालको परीक्षण क्षमता भन्दा तीन गुणा बढि टेष्ट गर्न सकिने डा.भट्टराईले जानकारी गराउनुभयो । हाल प्रतिष्ठानमा दैनिक एक सय जनासम्मको परीक्षण गर्न सक्छ ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]