बैशाख ६, २०८१ बिहीबार

बाह्रदशीका संक्रमित ब्यक्तिसँगै राहत बाढ्न गएका थिए बिर्तामोडका एक पुरुष

बिर्तामोड । झापाको बाह्रदशीमा आइतवार फेला परेका कोराना संक्रमित ५० वर्षीय पुरुषको कन्ट्राक्ट ट्रेसिङको काम भइरहेको छ । उनीसँग बिर्तामोडबाट एक जना मुस्लिम समुदायका व्यक्ति एक रात घरमा बसेको भन्ने खवरले बिर्तामोडमा त्रास पैदा गरेको छ ।

तर, ति व्यक्तिले संक्रमितको घरमा बास नबसेको इजलाससँगको सम्पर्कमा भनेका छन् । म उनको घरमा बास बसेको छैन, भेट भएको सत्य हो । बिर्तामोडको अग्रसेन भवन पछाडिको गाउँमा बस्ने ति व्यक्ति गत सोमबार संक्रमितको गाउँ गएका थिए । संक्रमितको गाउँमा राहत दिन गएको बताएका छन् ।

उनले भने, मेरो त्यो गाउँमा केहि जमिन छ । मुस्लिम परिवारलाई नै जमिन हेर्न जिम्मा दिएको छु । जमिनको आसपासमा गरिव विपन्न मुस्लिम समुदायको बसोवास छ । अहिले हाम्रो रमजान चलिरहेकोले त्यसैको अवसरमा राहत दिन गएको हुँ । अरु बेला रमजानमा चन्दा दिने चलन थियो । यो वर्ष लकडाउनले गर्दा चन्दा दिन पाइएन । त्यसैले यो बेला खाद्यन्न दिन नै ठिक हुन्छ भनेर गाउँमै गएर बाँढेर आए । मलाई, सवारी पास भएको एक व्यक्तिले सहयोग गर्नुभएको थियो । तर, गरिव, विपन्नको पहिचान चै फोन मार्फत मैले ति संक्रमित व्यक्तिसँगै गरेको थिए । रातह वितरण पनि सँगै गरिएको हो । सामाजिक दुरी कायम गरेर, स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पुरा गरेर राहत बाँडेर आएको हँु । घरमा बास बसेको छैन ।

संक्रमितको घरमा बसेको हल्ला चल्ने वित्तिकै बिर्तामोड वडा नंं १ का अध्यक्ष सहितको टोली आज विहान उनको घरमा पुगेको थियो । यथार्थ, बुझेपछि वडाको टोलीले होम क्वारेन्टाइनमा बस्न भनेको छ । अध्यक्ष पाण्डेले भने, घरमै सुरक्षित बस्न सूझाव दिएका छौं । उहाँलाई आवश्यक परेको कुरा हामी उपलब्ध गराउँछौं ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  १ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]