बैशाख १४, २०८१ शुक्रबार

शिल गर्न बाह्रदशीमा क्षेत्र निर्धारण

बिर्तामोड । बाह्रदशी–४ मा एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि गाउँपालिकाले निश्चित क्षेत्र शिल गर्ने निर्णग गरेको छ ।

त्यसका लागि बैठकले ठाउँ निर्धारण गरेको योजना शाखाका प्रमुख तेजप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार २५ गतेसम्मलाई शिल गर्ने निर्णय गरिएको छ ।

भर्खरै सम्पन्न बैठकले गाउँपालिकामा आवतजावतलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिकाको पूर्ब तर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधानगर(घाग्रा खोला) सम्मको चारकिल्ला भू– भाग शिल गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिए । शिल गर्न जिल्ला प्रशासनसँग गाउँपालिकाले अनुमति मागेको छ । अनुमति प्राप्त हुनासाथ शिल गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  १ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]