जेष्ठ २, २०८१ बुधबार

अब निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न पाउने

काठमाडौं । कोरोना परीक्षणको दायरा बढाउँदै लगेको सरकारले अब निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट परीक्षण गर्न दिनेगरी प्रयोगशालाको न्यूनतम मापदण्डसम्बन्धी निर्देशिका जारी गरिएको जानकारी दिए ।

मन्त्रालयमा अ‌ायोजित पत्रकार सम्मेलनमा उनले भने– ‘प्रयोगशालाको न्यूनतम मापदण्ड सम्बन्धी निर्देशिका ल्याएका छौँ, जसले मापदण्ड पूरा गर्ने निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षण गर्ने बाटो खुला गरेको छ ।’

तर, पीसीआर परीक्षण गर्न चाहाने निजी प्रयोशालाहरुले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने उनले स्पष्ट पारे ।

मन्त्रालयले ‘इन्ट्रीम गाइडलाइन फर दि स्टाब्लिसमेन्ट एन्ड अप्रेशनलाइजेशन अफ मलिकुलर ल्याबोरेटरी फर कोभिड १९’ नामको निर्देशिका जारी गरेको हो ।

प्रवक्ता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर परीक्षण सुरु भएको जानकारी समेत दिए । योसँगै देशभर १६ ठाउँबाट पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न सकिनेछ ।

पीसीअ‌ार विधिमा मानिसको थ्रोट स्वाब संकलन गरेर प्रयोगशालामा परीक्षण गरिन्‍छ । पीसीआरबाट परीक्षण गरेपछि मात्र कोरोना संक्रमण भएरनभएको पुष्टि हुन्छ ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]