चैत्र १६, २०८० शुक्रबार

मजदुरीको पैसाले कार बनाउँदै शिवराज

बिर्तामोड । दुई वर्षदेखि झापा बाह्रदशी–६ बिहीवारेका शिवराज लिम्बुले गाडी बनाइरहेका छन् । घैलाडुब्बास्थित आदर्श विधा मन्दिर कक्षा– १२ मा अध्ययनरत २१ वर्षीय लिम्बू डेढ महिनाभित्र गाडीको निर्माण सम्पन्न गर्न योजनामा छन् ।

बाल्यकालदेखि नै विभिन्न खेलौना निर्माण गर्ने लिम्बूले पुराना सामग्री जडान गरेर आकषर््ाक कार बनाइरहेका छन् । उनले दैनिक मजदुरी गरेर आर्जन गरेको पैसाले कार बनाउन चाहिने सामग्री खरिद गरिरहेको जानकारी दिए ।

८५ प्रतिशत काम सम्पन्न भइसकेको छ, लिम्बूले भने आर्थिक समस्याका कारण सम्पन्न गर्न सकेको छैन । हालसम्म २ लाख १० हजार खर्च भइसकेको छ । बिर्तामोड, सुरुङा, सिलिगुडी र पानीट्ङकी भारतका ग्यारेजमा पुगेर पुराना पार्टस पुर्जासहित आवश्यक सामग्री ल्याएर गाडी तयार गरिरहेको उनको भनाई छ ।

गाडी आकर्षक छ, उनले भने उत्कृष्ट कारहरु जस्तै फङसन राखिएको छ । उनले गाडीको इञ्जिन जोड्न मात्र बाँकी रहेको सुनाए । त्यसमा सुपर स्प्लेण्डर बाइकको इञ्जिन प्रयोग गरेर कुदाउन सकिने छ । ३० देखि ४० हजार पर्ने इञ्जिन खरिद गर्न नसकेर काम सम्पन्न गर्न ढिलाई भएको लिम्बु बताउँछन् । अन्य सवारी जस्तै, डिजाइन छ, ढोका खुल्दा सेन्सर राखिएको छ भने हर्न, ब्रेक, लाइट, साइरन र म्युजिक सिस्टम सबै जडान गरिएको उनले बताए ।


विभिन्न प्रदर्शनी कार्यक्रममा सहभागी भएका लिम्बू अध्ययनसँगै स्थानीय क्षेत्रमा जन मजदुरी पनि गर्छन् । कलेजबाट फर्केर उनी विजुली जोड्ने, घरमा टिन ठोक्ने, इटा बोक्ने, घरहरुमा रंङ गर्ने, माटो बोक्ने काम गर्ने गरेको बताउँछन् ।

गाडी बनाउने काम मेकानिकल इञ्जिनियरले गर्ने भएपनि उनी मानविकीका विधार्थी हुन् । उनले यो गाडी निर्माण सम्पन्न गर्न लाग्ने आवश्यक रमक जुटाइदिन पनि आग्रह गरेका छन् । आर्थिक अवस्था कमजोर भएकाले उनलाई गाडि तयार गर्न कठिन भएको छ । ज्ञान, सिप भएर पनि लिम्बुले आर्थिक अभावका कारण आफ्नो कला प्रस्तुत गर्न नपाइरहेको गुनासो सुनाए ।


निर्माणधिन गाडि सकेर हेलिकप्टर बनाउने उनको लक्ष्य छ । अब काठमाडौ बसेर दिनभर काम गर्ने र रातको समयमा हेलिकप्टर बनाउने लिम्बुको भनाई छ । परिवार र साथीभाईले उनको कामलाई प्रशंसा गरेछि यसैक्षेत्रमा काम गर्न उत्प्रेरणा मिलेको बताए ।

प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार  २ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]