बैशाख १४, २०८१ शुक्रबार

दाहसंस्कार गर्दागर्दै बाढीले बगायो शव

बुधबारे । फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै सोमवार बाढीले चितासहित शव बगाएको छ ।

फाकफोकथुम–३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दागर्दै अचानक बाढी आएपछि शव जल्न नपाई बगेको गाउँपालिका उपाध्यक्ष सरस्वती राईले जानकारी दिइन् । उनले भनिन्, ‘चितामा शव राखेर दागबत्ती दिनासाथ अचानक माथिबाट आएको बाढीले शव जल्न नपाइ बगायो ।’

फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि बाढी आएको थियो । शव जल्न नपाइ बगेपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने बताइएको छ । ‘शव जल्न नपाई बाढीले बगाएर लग्यो । प्रहरी प्रशासन र स्थानीयले शव खोजतलास गरी पुन दाहसंस्कार गर्ने सल्लाह भएको छ’, उपाध्यक्ष राईले भनिन् ।

लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुंगाबाट चिप्लिएर मृत्यु भएको थियो । यसैबीच सोही बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ आमचोक रातमाटेका १३ वर्षीय मनिस थेगिम हुन् । साथीहरुसँग पौडी खेलिरहेका थेगिमलाई बाढीले बगाएरको थियो । पौडी खेल्न गएका सथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए । खोजतलासका क्रममा थेगिमको शव घटना भएको स्थानदेखि करिब ३ किलोमिटर तल फेला परेको थियो । शव पोस्टमार्टमका लागि पाँचथरको रवि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]