बैशाख १६, २०८१ आईतबार

प्रदेश १ मा सङ्क्रमितको संख्या ३१ पुग्यो, पाँच हजार ८ सय जनाको परीक्षण

बिर्तामोड । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]