विपन्नलाई ३ सय केजी चामल सहयोग
बिर्तामोड । युवा व्यवसायी राजकुमार कार्कीले ३ सय केजी चामल सहयोग गरेका छन् । उनले अर्जुनधारा–६ मा बसोवास गर्ने विपन्न परिवारका लागि सहयोग गरेका हुन् ।

आज अर्जुनधारा –६ का वडाध्यक्ष लोकनाथ गौतमलाई चामल खरिदका लागि चेक हस्तान्तरण गरेको जानकारी दिए । बिर्तामोड – ५ मा बसोबास गर्ने उनले छिमेकी वडा अर्जुनधारा – ६ लाई स्थानीय दाताका रुपमा सहयोग गरेका छन् । उनले यसअघि बिर्तामोड–५ लाई पनि ५० हजार नगद सहयोग गरेका थिए । उनले लकडाउनमा परेका गरिव , विपन्नका लागि दोस्रो पटक सहयोग गरेका हुन् । कार्कीले संकटमा सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।