बैशाख २७, २०८१ बिहीबार

श्रमिकलाई विना भेदभाव तलब दिन जिफन्टको आग्रह

काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले श्रमिकहरूलाई चैत महिनाको पारिश्रमिक बिना भेदभाव दिन आग्रह गरेको छ ।

जिफन्टले चैत महिनाको श्रमिको पारिश्रमिक उपलब्ध गराएर असल श्रम सम्बन्ध कायम राख्न रोजगारदाताहरूलाई अनुरोध गरेको छ ।

सुदृढ श्रम सम्बन्धबाट मात्र उत्पादन र उत्पादकत्व बृिद्ध गर्न सकिने भन्दै जिफन्टले रोजगारदाताहरूसँग मजदुरको पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको हो ।

जिफन्ट राष्ट्रिय कमिटीको ९७औँ भर्चुअल (अनलाईन) बैठकले श्रम बजारलाई सुदृढ बनाउँदै श्रमिकहरूको रोजगारीको सुनिश्चितता, पारिश्रमिकको प्रत्याभूति र कार्यथलोमा व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था गर्न रोजगारदाता तथा नेपाल सरकारसँग माग पनि गरेको छ ।

बन्दाबन्दीको अवधिमा स्वास्थ्य क्षेत्र, छापाखाना, सञ्चारगृहहरूमा कार्यरत श्रमिकहरूलाई निष्काशन गर्ने र बेतलवी बिदा बस्न दबाब दिने काम अविलम्ब रोक्न सम्बन्धित सबै रोजगारदाताहरूसँग जिफन्टले अनुरोध गरेर मंगलबार प्रेस विज्ञप्ती जारी गरेको छ ।

बन्दाबन्दीको अवधिमा बिदा दिइएका कर्मचारी वा श्रमिकहरूले खाईपाई आएको तलब, भत्ता पाउने गरी नेपाल सरकारले राजपत्र प्रकाशन गरेकोमा जिफन्ट राष्ट्रिय कमिटी नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार  २ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]