ब्राउनसुगर कारोवार गर्नेलाई क्वारेन्टाइन पठाइयो
बिर्तामोड । बुढेसकालमा ब्राउन सुगरको कारोवार गर्ने मेचीनगर – ६ का बच्चु चौधरीलाई प्रहरीले क्वारेन्टाइन पठाएको छ ।

५८ वर्षीय चौधरीलाई बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले निर्माणाधिन मेची पुल मुनिबाट पक्राउ गरेको थियो । चौधरीले खाल्डो खनेर लुकाउँदै गरेको अवस्थामा ८५ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको छ । बरामद आगूऔषधलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी चौधरीलाई आदर्श मा.बि. ईट्टाभट्टाको क्वारेन्टाईनमा राखिएको झापा प्रहरीले जनाएको छ । लकडाउनले ब्राउन सुगरको कारोवारीहरु मध्यरातमा काँकरभिट्टा पुगर आयात गर्ने गरिएको बुझिएको छ ।