बैशाख १७, २०८१ सोमबार

अमेरिकामा मृतकको संख्या ५९ हजार नाघ्यो

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ । साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।

यसका साथै यहाँ कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]