बैशाख २७, २०८१ बिहीबार

नेपालमा १२ सय भारतीय सीमा नाकामा

देवबहादुर कुँवर

काठमाडौँ । नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल फर्किएका छन् ।

त्यस्तैं, अझै पनि भारत सीमामा दुईहजार एकसय ३४ नेपाली रोकिएका छन् भने नेपालमा एकहजार दुईसय ६१ जना रोकिएका छन् । दुई देशबीचको छलफलपछि मात्र सीमा रोकिएका नागरिकहरूलाई आ–आफ्नो मुलुकमा फर्काउन सकिने सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रवीनकुमार श्रेष्ठले बताउनुभयो ।

भारतमा कोरोना महामारीको रुपमा फैलिएका कारण सीमा थप कडाईमा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता बढाउन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिनु भएको छ । प्रहरीको आँखा छल्नेलाई स्थानीयको सहयोगमा नियन्त्रण लिन सकिने दावी उहाँको छ ।

सीमा सुरक्षामा त्रिपालमूनिको बास

सीमा सुरक्षा थपिएसंगै सुरक्षाकर्मीहरू कच्ची घर र त्रिपाल टाँगेर सुरक्षामा खटिएका छन् । हावा हुरी र चर्को घामबाट जोगिन नै समस्या हुने गरेको छ । कतिपय पोष्टहरू राति बस्न सुरक्षित छैन्न ।

महाकाली नदी तरेर तथा घण्टौसम्म पैदल हिडेर नेपाल प्रवेश गर्ने दुई दर्जन भन्दा बढी नेपाली नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई कोरोना भाइरस उपचारका लागि स्थापना गरिएको ‘आइसोलेसन’ वार्डमा १५ दिनसम्म राख्ने गरेको छ ।
भारत सीमा नाकामा बस्नु भन्दा नेपाल फर्किएर १५ दिन आइसोलेसनमा बसेमा घर फर्किन पाउने प्रलोभनले पनि घण्टौ हिडेर वा नदीमा पौडेर मध्यरातमा ज्यान जोखिममा फालेर नेपाल आउनेहरूको चाप बढ्दै गएको अनुमान गरिएको छ ।

नेपालको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी वलले स्थानीय जनप्रतिनिधि, स्वयम् सेवक तथा विभिन्न युवा क्लवहरूसंग समन्वय र सहकार्य गरी सीमासुरक्षा थप प्रभावकारी बनाएको छ ।
कोरोना भाइरस ९कोभिड–१९ ० महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल–भारत सीमा जोडिएका जिल्लाहरूका स्थानीयतहसंग समन्वय र सहकार्य गरी अगाडि बढ्ने रणनीति अनुसार, अबैध आवातजावत रोक्न स्वयमसेवक परिचालन गरेको हो ।

सीमाक्षेत्रको आवतजावत निषेध गरिए पनि अबैधमार्ग तथा लुकिछिपि र महाकाली नदी तरेर आउनेहरू चुनौतीपूर्ण समस्या बन्दै गएको छ । यस्तो कार्य रोक्न स्थानीय जनप्रतिनिधि, सम्वद्ध स्वयमसेवक र विभिन्न क्लवहरूलाई सक्रिए बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रवीनकुमार श्रेष्ठले भौगोलिक अवस्था र २४ अ‍ैं घण्टा निगरानी राख्न सक्ने अवस्था नभएकाले स्थानीय जनप्रतनिधि, स्थानीय अगुवा, स्वयम् सेवक र सामाजिक संघसंस्थासंगको सहकार्यलाई प्राथमिकता दिएको बताउनुहुन्छ ।

केही दिन यता सीमा जोडिएका सप्तरी, कपिलवस्तु र बाँके लगायतका जिल्लाहरूमा दुध र तरकारी विक्री गर्ने नाममा भारतीय नागरिक नेपालमा आउन साथै मध्यरातमा महाकाली नदी तरेर आएकालाई नियन्त्रणमा लिई क्वरेण्टाइनमा राखिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार, सीमाक्षेत्रमा स्थायी र अस्थायी गरी एकहजार दुईसय १३ वटा सीमा सुरक्षा पोष्टमा २२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छन् । सुरक्षा निकायको आँखा छलेर आउनेहरूलाई पनि स्थानीयसंगको सहकार्यमा नियन्त्रणमा लिने गरिएको छ ।
डेढ–दुई किलो मिटरको दुरीमा सशस्त्र प्रहरी

प्रत्येक डेढ–दुई किलो मिटरको दुरीमा सीमा सुरक्षा पोष्ट (बिओपी) छन् । तरपनि, विभिन्न वहानामा लुकिछिपि आउन खोज्छन, अफ्ठयारो अवस्थामा पनि ज्यानको वाजी थापेर मध्यरातमा आउने गर्छन’ उहाँले भन्नुभयो– यसरी आएकाहरू सबै नियन्त्रणमा छन् ।
निकै अशक्त र विरामीलाई दुबै देशको समन्वयमा आवत जावत गर्न दिने गरेको छ । पारि भारत नाकामा रहेका नेपालीहरू भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को समेत आँखा छलेर आउने गरेका हुन । सशस्त्र प्रहरी अधिकारीका अनुसार, अलपत्र परेर आएका होइन्न ।

तराईका कतिपय सीमा जोडिएका ग्रामीण बस्तीहरूमा राति अबैधमार्ग प्रयोग गरी भारतीय तथा नेपाली नागरिकको नेपाल प्रवेश हुने गरेको गुनासो आएपछि सुरक्षाकर्मीका अतिरिक्त स्थानीय जनप्रतिनिधि, क्लवहरु र स्वयमसेवकलाई सशक्त बनाइएको प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो ।
दिउँसो तरकारी, फलफूल तथा दुध लगायतका बस्तु विक्री वितरण गर्न र आफन्त भेट्न आउनेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । तर, मध्यरातमा दुई÷तीन वजे पैदल हिडेर, नदी तरेर र साइकल चढेर आउनेलाई रोक्न स्थानीयसंग सहकार्य गर्नुपरेको हो ।

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]