बैशाख १७, २०८१ सोमबार

हल्दिवारी – १ पूर्ण रुपमा शिल, तेस्रो चरणको राहत बाढ्ने तयारी

बिर्तामोड । छिमेकी गाउँपालिका बाह्रदशीमा कोरोना संक्रमण पुष्टि भएपछि हल्दिवारी –१ लाई शिल गरिएको छ ।

वडाअध्यक्ष त्रिलोचन सापकोटाका अनुसार मंगलवारदेखी आउँदो शनिवारसम्मलाई शिल गरिएको हो । शिल गरिएको वडाको रेखदेख गर्ने जिम्मेवारी स्वयमसेवकलाई प्रदान गरिएको छ । यसअघि बाह्रदशीले पनि क्षेत्र निर्धारण गरेर २५ गतेसम्मलाई शिल गरिसकेको छ ।

१५ सदस्यीय कोरोना रोकथाम तथा समन्वय समिति , स्वयमसेवक र टोलटोलमा समन्वय समिति समेत बनाएर वडा क्षेत्रमा कोरोना विरुद्ध काम गर्दै आएको अध्यक्ष सापकोटाले जानकारी दिए । सो वडामा हालसम्म २ पटक राहत वितरण भइसकेको छ भने तेस्रो चरणको राहत वितरणका लागि तयारी गरिएको छ । पहिलो चरणमा १ सय ५६, दोस्रो चरणमा २ सय ८३ र अब तेस्रो चरणमा ४ सय १७ गरिव विपन्न परिवारलाई राहत बाँढ्ने तयारी भएको वडा सचिव दिपक रेग्मीले जानकारी दिए ।

वडावासीलाई लकडाउनको पालना गर्न , गराउन अत्यावश्यक सामग्री आवश्यक परे टोकनको व्यवस्था गरिएको छ । स्वमयसेवकलाई वडावासीले जानकारी गराएपछि आवश्यकतालाई मध्यनजर गर्दै प्रहरीबाट टोकन वितरणको व्यवस्था मिलाइएको हो । अध्यक्ष भन्छन्, यसले अनावश्यक हिडडुललाई बन्द गरेको छ ।

यस्तै, होम क्वारेन्टाइनमा बस्नेहरु साथै वडावासीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मी, जनप्रतिनिधि र प्रहरीले निगरानी गरिरहेको बताइएको छ । वडा सदस्यहरु पदम सुन्दर लावती, मनोज कुमार पोखरेल, कुमारी विश्वकर्मा र सरिता न्यौपाने वडावासीको सुरक्षा, राहतको व्यवस्थापन र वितरणमा क्रियाशिल भइरहेका छन् ।

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ११ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]