बैशाख २५, २०८१ मंगलबार

किच्चकबधको क्वारेन्टाइनबाट १८ भारतीय फरार भएका होइनन्, काममा गएका हुन् : प्रहरी उपरीक्षक

बिर्तामोड । झापाको भद्रपुरस्थित किच्चकवधको क्वारेन्टाइनबाट १८ जना भारतीय फरार भएका छन् । उनीहरु शुक्रवार फरार भएका हुन् ।

किच्चकबधको चौतारीमा बनाइएको क्वारेन्टाइनबाट आफ्नो सबै कागजात छोडर उनीहरु फरार भएको वडाध्यक्ष भीम सुब्बाले जानकारी दिए । प्रहरीले मलाई भागेको कुरा भन्नु भएको छ, म राहतमा ब्यस्त भएकाले सबै कुरा बुझ्न पाइरहेको छैन, अध्यक्षले भने – भारतीयसँग हामीले भोट, रासन र आधार कार्ड मागेर राखेका थियौं, वास्तविकता बुझ्छु । त्यहाँ बसेका सबै भारतीयको स्वास्थ्य परीक्षण समेत भइसकेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले उनीहरु भागेको कुरा गलत भएको बताए । उनीहरु भागेका होइनन्, स्थानीय निर्माण क्षेत्रमा काम गर्ने गरी पठाइको मात्र हो ।

प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार  ५ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]