ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो
झापा । नेपालमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ । आजै १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको ४१ औं दिनमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ ।

बाँकेको नेपालगञ्जमा ९ र बिरगञ्जमा १ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नेपालगञ्जमा संक्रमण पुष्टि हुनेमा ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।