किर्तन मण्डलीद्वारा ३५० केजी चामल सहयोग
बिर्तामोड । पशुपति किर्तन मण्डलीले ३ सय ५० केजी चामल सहयोग गरेको छ । अर्जुनधारा –६ महानन्द चोक क्षेत्रमा रहेको मण्डलीले विपन्न परिवारलाई राहत उलपब्ध गराउन चामल सहयोग गरेको हो ।

अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमलाई किर्तन मण्डली समितिले आज चामल हस्तान्तरण गरेको मण्डलीको उपाध्यक्ष अञ्जना कार्कीले जानकारी दिइन् । लकडाउनले प्रभावित विपन्न परिवारलाई खाद्यको समस्या नहोस् भन्दै सहयोग गरिएको बताइएको छ ।