‘नेपालमा संक्रमितको संख्या ७५ भन्दा बढेको छैन’
बिर्तामोड । आइतवार नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण नदेखिएको बताइएको छ । सोहि दिन १६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १६ देखि बाहेकमा कोरोना देखिएको भन्ने खवर अफवाअ मात्र भएको बताइएको छ ।
सरकारले अहिलेसम्म आधारिक रुपमा तथ्याङक सार्वजनिक समेत गरेको छैन । तर, सामाजिक सञ्जालमा थप २४ जनामा कोरोना भेटिएको भन्ने खवर भाइरल भइरहेको छ । केहि सञ्चारमाध्यमले नेपालमा २४ जना थपिएर ८४ पुगेको पनि सार्वजनिक गरिसकेका छन् । तर, कुवेतमा थप ९ जना नेपाली संक्रमित थपिएर ८४ पुगेको चाहीँ सत्य हो । नेपाल लाईभले खवर गलत भएको भन्दै क्षमायाचना गरिसकेको छ ।
नेपालगञ्जमा १५ र विरगञ्जमा १ जना गरी १६ जना संक्रमित थपिएर ७५ जना पुगेको मन्त्रालयको भनाई छ । कसैलाई पनि अफवाहमा नपर्न आग्रह समेत गरिएको छ ।